CRIMINAL LAW - UNIT 1
अपराधको परिभाषा
•
ब्यापक अर्थमा अपराधलाई परिभाषा गर्नुपर्दा अपराध समाज विरोधी कार्य
हो ।सीमित अर्थमा फौजदारी कानूनको उल्लंघन गर्नु अपराध हो । नेपाल कानूनी व्याख्या
सम्बन्धी ऐन, २०१०को दफा २ (थ)ले कसुरको परिभाषा गरेको छ । सो अनुसार कसुर भन्नाले
“ प्रचलित
कानून बमोजिम गरेमा वा नगरेमा सजाय हुने कार्य सम्झनुपर्छ ।” अपराध देवानी गल्ती भन्दा पृथक कार्य
हो ।
फौजदारी कानूनको अवधारणा
• शान्ति, सुरक्षा तथा
अमनचैनको प्रत्याभूति विना मानव समाजले शान्तिपूर्वक आफ्नो जनधनको संरक्षण प्राप्त
गर्न सक्दैन । यसका लागि कानून उल्लंघनकर्तालाई आवश्यक कारबाही गर्न सक्ने
प्रभावकारी तथा बलियो फौजदारी कानूनको आवश्यकता रहेको हुन्छ ।
• राज्यको
प्रकृति वा स्वरूप चाहे जस्तोसुकै होस् उसको प्राथमिक उद्देश्य कानून र व्यवस्था
बनाई राख्न फौजदारी कानून अपरिहार्य हुन्छ । अतः फौजदारी कानूनको प्राथमिक
उद्देश्य कानून र व्यवस्था कायम राखी सर्वसाधारणको संरक्षण गर्नु नै हो । फौजदारी
कानूनलाई यस अर्थमा ग्रहण गर्ने हो भने के निष्कर्षमा पुग्न सकिन्छ भने कुनै
व्यक्ति वा नागरिक त्यस राज्यको विकसित संवैधानिक कानून वा सम्पत्ति सम्बन्धी
कानूनको अभावमा पनि जीवनयापन गर्न सक्दछ तर फौजदारी कानूनको अभावमा भने पलभरको
लागि पनि निर्धक्क बाँच्न सक्दैन । जब कुनै मानव आचरण वा कार्यले घातक परिणाम
ल्याउँछ वा उक्त कार्य वा व्यवहारमा हिंस्रक र अशान्तिको सम्मिश्रण भएको हुन्छ , तब त्यस्तो
मानवीय आचरण ( Human
Conduct ) लाई आपराधिक व्यवहार भनिन्छ । त्यस्तो आचरणबाट
आघात पर्ने पक्षलाई सुरक्षा गर्ने र उक्त आचरणकर्तालाई दण्ड सजायको व्यवस्था गर्ने
कानून हो । यसर्थ ,
फौजदारी कानून सधैं अपराध र दण्ड सजायसँग
सम्बन्धत हुन्छ । गम्भीर प्रकृतिका मानवीय व्यवहार वा कार्यलाई अपराधको कोटीभित्र
पारी परिभाषित गर्नु, उक्त कार्य कसैले गरेमा सजायँ तोक्नु र अपराधीलाई
दण्डद्वारा हतोत्साहित वा सुधार गरी व्यक्ति, समाज, राज्य र
अन्तर्राष्ट्रिय क्षेत्रमा समेत शान्ति र व्यवस्थाको प्रत्याभूति गर्नु फौजदारी
कानूनको चासोभित्र पर्दछन् ।
Meaning and
Defination of Criminal Law
• केही उल्लेखनीय परिभाषाको मात्र चर्चा गर्नु सान्दर्भिक हुन्छ :
J.C. Smith and Brain Hogan, " The criminal law assumes
... that people have it in their power to choose whether to do criminal acts or
not and that he who chooses to do such an act is responsible for the resulting
evil . The law further assumes that the evil which might result from particular
crimes can be nicely measured and graded , so theat we have an elaborate scale
of permissible punishments , varying from life imrisonment to a mere fine .
" अर्थात् फौजदारी कानूनले यो परिकल्पना गर्दछ कि
कुनै पनि व्यक्तिमा आपराधिक कार्य गर्ने वा नगर्ने भनी रोज्न सक्ने शक्ति हुन्छ ।
यदि उसले उक्त कार्य गर्न खोज्दछ भने उक्त कार्यको परिणामबाट आउने खराबीप्रति ऊ
उत्तरदायी हुन्छ । उक्त व्यक्तिको खराब परिणाम ल्याउने कार्यबाट हुन गएको अपराधलाई
नाप्न वा विभाजन गर्न सकिन्छ , त्यसैले उक्त कार्यको
गाम्भीर्यअनुसार जन्मकैददेखि सामान्य जरिवानासम्मको सजायको स्तर निर्धारित गरिएको
हुन्छ । फौजदारी कानूनविद्द्य स्मिथ र होगनको उपर्युक्त परिभाषाबाट कुनै निश्चित
कार्यलाई अपराध भनी परिभाषित गर्ने र अपराधीहरूको अवस्था वा स्तरअनुसार कम गम्भीर
र बढी गम्भीर हुन सक्ने हुँदा उक्त अपराधको स्तरअनुसारको सजायको व्यवस्था गर्ने
कानून नै फौजदारी कानून हो भन्ने बुझिन्छ ।
•
त्यस्तै Glanville Williams को
परिभाषाअनुसार : " Criminal law is concerned with crimes alone , and not with illegal acts
in general . " उनको यो परिभाषाबाट फौजदारी कानून
सबै गैरकानूनी कार्यसँग सम्बन्धित हुँदैन , खाली अपराधसँग मात्रै सम्बन्धित
हुन्छ भन्ने स्पष्ट हुन्छ ।
•
व्यक्तिका गैरकानूनी कार्य र अपराधका
बीचको सीमाङ्कन दर्साउन खोजेका छन् । फौजदारी कानूनदेखि बाहेक अन्य कानूनको उल्लङ्घन
अपराध हुन सक्दैन ,
मात्रै एउटा गैरकानूनी कार्य , त्यसैले उक्त
कार्यसँग फौजदारी कानूनले सम्बन्ध राख्दैन । यसबाट के स्पष्ट हुन्छ भने सबै अपराध
गैरकानूनी कार्य हुन् तर सबै गैरकानूनी कार्य अपराध होइनन् । त्यसैले कसैको
गैरकानूनी कार्य अपराध भएमा फौजदारी कानून आकर्षित हुन पुग्छ अन्यथा होइन ।
•
Hyman Grosso, " The criminal
law provides a set of rules to fix the limit of socially tolerable conduce and
to prohibit those acts that are out of bounds . " अर्थात् फौजदारी कानूनले त्यस्ता नियमहरूको
व्यवस्था गरेको हुन्छ जसले सामाजिक रूपमा स्वीकार्य , व्यवहारको सीमा
निर्धारण गर्दछ र त्यस्ता कार्यहरूलाई रोक लगाउँदछ जसले निर्धारित सीमालाई नाघ्दछ
।
•
त्यसैगरी Sutherland र Cressey को विचारमा
" The
criminal law is defined conventionally as a body of specific relies regarding
human conduct which have been promulgated by political authority which apply
uniformly to all members of the classes to which the rules refer and which are
enforced by punishment administered by the state . The characteristics which
distinguish this body of rules regarding human conduct from other rules are therefore
polytonality , specificity , uniformity and penal sanction . " उनीहरू
अझै अगाडि भन्दछन् " However , these characteristics of an .ideal , completely
rational system of criminal law ; in practice the differences between criminal
law and other bodies of rules for human conduct are not clear cut . Also the
ideal characteristies of the criminal law are not always features of the
criminal law in action . " अर्थात् राज्यद्वारा जारी गरिएका मानव आचरणसँग
सम्बन्धित त्यस्ता विशेष नियमहरू , जुन एउटै वर्गका मानिसहरूमा समान
रूपमा लागू हुन्छन् र राज्यद्वारा नै दण्डको भरमा लागू गरिएका हुन्छन् ।
फौजदारी कानूनको उद्देश्य ( Purposes of
Criminal Law )
फौजदारी कानूनको सरोकारका विषयमाथि अध्ययन गर्दा यसका उद्देश्यहरूलाई पहिले उल्लेख गर्नु सान्दर्भिक हुन आउँछ । यद्यपि फौजदारी कानून सामाजिक नैतिकता वा अन्य भावात्मक कुराहरूबाट निरपेक्ष रहन्छ तापनि व्यवहारमा फौजदारी कानूनले त्यसता नैतिक नियमहरूलाई समेत समेट्दछ जुन नियमहरू मानिसका आचरणसँग सम्बन्धित हुन्छन् र रोक्न चाहेका हुन्छन् । यस सन्दर्भमा American Model Penal Code , 1962 ले सर्व स्वीकार्य रूपमा फौजदारी कानूनको उद्देश्यहरूलाई उल्लेख गरेको छ ती उद्देश्यहरू निम्न छन् :
( १ ) सारभूत रूपमा व्यक्तिगत अथवा सामाजिक हितमा आघात पुयाउने कार्य वा आचरणलाई निषेध गर्नु ( To forbid and prevent conduct that unjustifiably and enexcusably inflicts or threatens substantial harm to individual or public interest ) ,
( २ ) सामाजिक सुरक्षाका खातिर व्यक्तिका आपराधिक क्रियाकलाप माथि नियन्त्रण गर्नु ( To subject to public control persons whose conduct indicates that they are disposed to commit crime ) ,
( ३ ) अपराधजन्य व्यवहार भन्दा बाहेकका व्यवहारलाई संरक्षण प्रदान गर्नु ( To safegrard conduct that is without fault from condemnation as criminal ) ,
( ४ ) अपराधजन्य व्यवहारका सम्बन्धमा पूर्व चेतावनी दिनु ( To give fair warning of the nature of the conduct declared to be an offence ) ,
( ५ ) गम्भीर तथा सामान्य अपराधहरूको तार्किक वर्गीकरण गर्नु ( To differentiate on reasonable grounds between serious and minor offences )
0 comments:
Post a Comment