Tuesday, December 17, 2019

संविधान(Constitution)

अध्याय-१

संविधान(Constitution)

     संविधान अग्रेंजी शब्द ‘Constitution’ को उल्था हो। Constitution को उत्पत्ति ल्याटिन भाषाको Constiture बाट आएको हो।जस्को अर्थ स्थापित  गर्नु (To Establish) हो।भन्नुको मतलब संविधानले कुनै पनि राज्यको शासन सञ्चालन गर्न एउटा निश्चित व्यवस्था स्थापित गर्दछ।साधारण बोलिचालीको भाषामा मुलत संविधान राज्यका सबै अंगहरुलाई शासन गर्ने मुल लिखत हो।कुनै पनि देशको मुल कानुनलाई संविधान भनिन्छ।
     संविधान राज्य सञ्चालनका लागि नभई नहुने मुल कानुन हो।कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका राज्यका अंगहरु बिच शक्तिको बाँडफाँड नियन्त्रण र सन्तुलनको स्पष्ट खाका कोरिएको लिखतलाई नै संविधान भनिन्छ।देशको मुल कानुनको रुपमा रहने संविधानले नै राष्ट्रको शासन व्यवस्था निर्धारण गर्दछ।संविधानले राज्य सञ्चालन गर्नका लागि आवश्यक पर्ने निति नियम, निर्देशक सिद्धान्त र कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र संवैधानिक अंगको स्पष्ट कार्यदिशा प्रदान गर्ने हुँदा यसलाई राज्य सञ्चालनका दस्ताबेज पनि भनिन्छ।
संविधान देशको मुल कानुन हो 
संविधान राज्य सञ्चालनको आधार हो
संविधानमा शक्ती पृथकीकरण र सन्तुलनको व्यवस्था गरिएको हुन्छ
संविधान सरकारको मार्ग निर्देशक हो
संविधानमा मौलिक हकको व्यवस्था गरिएको हुन्छ
संविधान नागरिक हक अधिकारको वडापत्र हो
संविधान शासक र शासित बिच सन्तुलन कायम गर्ने एक महत्वपूर्ण लिखत हो
Prof. K.C .Where का अनुसार, “संविधान देशको सम्पुर्ण शासन प्रणाली सञ्चालन गर्नको लागि जम्मा गरिएको नियम हो, जसले सरकारको स्थापना एवं सञ्चालन र सरकारलाई नै शासित गर्दछ।“ 
The whole system of the government of a country the collection of rules which establish and regulate or govern the government.
नेपालको संवैधानिक विकासक्रम (Constitutional Development In Nepal)
     संविधान देशको मुल कानुन हो।राज्य सन्चालनको स्पष्ट चित्र संबिधानमा हुने भएकाले यस्लाई राज्यको ऐना पनि भनिन्छ। नेपाल प्राचिन कालदेखि नै स्वतन्त्र सार्बभौम मुलुक रहदै आएकोले यस्को छुट्टै अस्तित्व कायम रहदै आएको छ। नेपालको लिखित संबिधान २००४ साल देखि सुरु भएता पनि त्यस भन्दा पुर्ब पनि संबैधानिक मुल्य मान्यताहरु रहदै आएको पाईन्छ।


My YouTube Channel Please subscribe

Ganesh Lamichhane

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

0 comments:

Post a Comment